aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मन्त्रालय देखि सरकारी सम्मले नियम उलङ्घन गर्दै

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, २७ मंसिर २०७६
मन्त्रालय देखि सरकारी सम्मले नियम उलङ्घन गर्दै

काठमाडौं । तपाईं सिसी क्यामराको निगरानीमा हुनुहुन्छ,’ यो शब्द प्रायः कार्यालय र पसलमा देखिन्छ। उनीहरूले कार्यालय र पसलको सुरक्षाका लागि जडान गरे पनि जिल्ला प्रशासनलाई जानकारी भने गराएका छैनन्। कार्यविधिअनुसार सिसी क्यामरा जडान गर्दा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउनु पर्छ।

तर जानकारी बेगर यहाँका मन्त्रालयदेखि, सरकारी तथा गैरसरकारी कार्यालय र निजी क्षेत्रले सिसी क्यामरा जडान गरेका छन्। सिसी क्यामरा जडान हुँदा चोरीबाट बच्न सक्ने व्यापारीको भनाइ छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार हालसम्म १८ संस्थाले मात्र सिसी क्यामरा जडान गरेको प्रशासनलाई जानकारी गराएका छन्। ‘बजारमा धेरैले सिसी क्यामरा जडान गरेका छन्,’ प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले भने, ‘तिनीहरूले जानकारी गराएका छैनन्।’ प्रदेश सरकारले सिसी क्यामरा सञ्चालन कार्यविधि बनाउन सकेको छैन, जसले प्रदेशभित्रका सिसी टिभी व्यवस्थित हुन सकेका छैनन्। केन्द्रको कार्यविधिअनुसार सिसी क्यामरा जडान गर्दा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउनु पर्ने व्यवस्था छ।

एकजना व्यक्तिगत, एक होटेल, एक संस्था र अन्य बैंकले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए। सिसी क्यामरा जडान गर्दा प्रशासनलाई जानकारी गराउनुपर्छ भन्ने जानकारी नहुँदा व्यवस्थित हुन नसकेको उनको भनाइ छ। यहाँ खासै ठूलो समस्या नभएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको भनाइ छ। आफ्नो कार्यालय र घरको सुरक्षाका लागि अहिले सिसी क्यामराको जडान गर्ने कार्य बढ्दै गएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता लोकनाथ तिमिल्सेनाले जनाए। यसलाई व्यवस्थित गर्दा सहरको सुरक्षा निगरानीमा झन सहज हुने देखिन्छ। ‘सिसी क्यामरा जडान गर्दा एउटा बाटोतिर अनिवार्य जडान गरेको हुनुपर्छ,’ प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले भने, ‘तर यहाँ त्यस्तो गरेको देखिँदैन।’

प्रतिक्रिया दिनुहोस