
एजेन्सी । बलिउड नायिका आलिया भट्ट सन् २०१९ मा एसियाकी सर्वाधिक कामुक महिला घोषित भएकी छिन् । बिगत केहि वर्ष देखि लगातार यो ताज आफ्नो नाममा राख्न सफल नायिका दिपिका पादुकोण भने दशक कै सर्वाधिक कामुक एसियाली महिला बनेकी छिन् ।
बेलायतबाट प्रकाशित हुने 'इस्टर्न आइ' नामक साप्ताहिक पत्रिकाले 'गुलिब्वाई' नामक चलचित्र मार्फत भारतको तर्फबाट ओस्कारका लागि मनोनयनमा परेको चलचित्रकी नायिका समेत रहेकी भट्टलाई एसियाकी सर्वाधिक कामुक महिलाको रुपमा राख्दै हालै सुची सार्वजनिक गरेको हो ।
दिपिकालाई दोस्रो नम्बरमा पार्दै यो सूचिको शिर्ष स्थानमा पुगेकी २६ वर्षीय नायिकाको बारेमा सो पत्रिकाले लेखेको छ, ' उनको यात्रा जारी छ र अबको एक दशकसम्म उनलाई बलिउडकी रानी बन्नबाट कसैले रोक्न सक्ने देखिंदैन ।'
तर, यी नायिका आफ्नो आम्दानी र त्यसको खर्चका बारेमा भने 'बेपर्वाह' रहेको बुझिएको छ । आफ्नो सम्पति कहाँ र कुन शिर्षकमा लगानी गर्ने भन्नेबारे सबैकुरा आमाको जिम्मामा छोडेकी उनि बलिउडमा राम्रो पारिश्रमिक बुझ्ने सेलिब्रेटी मध्ये एक हुन् ।
आफुले लगानी गरेको पहिलो व्यापार भनेको फेसन स्टार्टअप रहेको उनले केहि महिना अघि इन्डिया टाइम्सलाई अन्तर्वार्ता दिंदै बताएकी थिइन् । सुन, घर जग्गा वा स्टक मार्केट के मा लगानी गर्न रुचाउनु हुन्छ भन्ने प्रश्नमा उनले सुनबारे आफुलाई मतलब नभएको बताईन । आफुले ४ वर्ष अघि एउटा घर किनेको र त्यो बाहेक अरु लगानी आफ्नो आमा र चार्टर्ड एकाउन्टले निर्धारण गर्ने उनले जानकारी दिएकी थिइन् ।
१९ वर्षको उमेर देखि नै राम्रो कमाई गर्दै आएकी उनि आफु सामान्य खर्चमा समेत रमाएर बाँच्न सक्ने बताउँछिन् । आफुले खर्च नगरेको देखेर आफ्नो एकाउन्टेन्ट समेत छक्क पर्ने गरेको उनको कथन थियो । घुम्न धेरै नै मन पराउने उनि पैसाले खुसि किन्न नसकिने तर घुम्न चाहिं पैसा नै चाहिने बिश्वाश गर्छिन् ।
प्रतिक्रिया दिनुहोस