aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

अर्कैको नाममा लाईसेन्स निकाल्न लिखित परीक्षा दिन आउने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ मंसिर २०७६
अर्कैको नाममा लाईसेन्स निकाल्न लिखित परीक्षा दिन आउने पक्राउ

काठमाडौं । अर्कैको नाममा सवारी चालक अनुमतिपत्र (लाईसेन्स)को लिखित परीक्षा दिन आएका अनजन खत्री पक्राउ परेका छन् । 

सल्यान घरभई हाल धादिङ नौबिसे बस्ने २२ वर्षीय खत्री समेत २ जनालाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । 

धनकुटा घरभई ललितपुर झरुवारासी बस्ने ४७ वर्षीय  जुन बहादुर लिम्बुको नाममा परीक्षा दिन आएका उनलाई ललितपुर महानगरपालिका १३ कुसुन्तीस्थित यातायात कार्यालयमा पक्राउ परेको हो । 

उनलाई महानगरीय ट्राफिक महाशाखाबाट खटिएको प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत सातदोबाटोमा बुझाएको छ ।
 

प्रतिक्रिया दिनुहोस