aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भारतको व्यापार घाटा अझ बढ्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ मंसिर २०७६
भारतको व्यापार घाटा अझ बढ्दै

एजेन्सी । भारतको मन्दी झन बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ । चालु आर्थिक वर्षमा पछिल्लो महिना भारतको आयात र निर्यात दुबैमा गिरावट आएएको छ ।  नोभेम्बर महिनामा भारत २५.९८ अर्ब डलरले निर्यात भएको छ यो तथ्यांक गत वर्षको सोहि महिना २६.०७ अर्ब डलर रहेको थियो । अक्टोबर महिनामा २६.३८ अर्ब डलर बराबरको निर्यात भएको थियो । 

त्यस्तै, आयात पनि १२.७१ प्रतिशतले कमी भइ ३८.११ अर्ब डलरको मात्र आयात भएको छ । गतवर्ष सोहि महिना ४३.६६ अर्ब डलरको आयात भएको थियो । आयात र निर्यातको कमीका कारण भारतको व्यापार घाटा पनि  १२ प्रतिशतले वृद्धि भएको छ । 
 

प्रतिक्रिया दिनुहोस