
सुनसरी । नेपाल राष्ट्रिय उद्यमशील महिला महासङ्घद्वारा यहाँ इटहरीमा आयोजित उद्यमशील महिला मेलाले पूर्वको मुख्य व्यापारिक नाका इटहरीलाई आकर्षित बनाइराखेको छ ।
१५० प्रदर्शनी कक्ष रहेको मेलामा महिलाले मात्र उत्पादन गरेको वस्तु प्रर्दशनी तथा बिक्री वितरणमा राखिएका छन् । महिलाले उत्पादन गरेका घरेलु खाना तथा हस्तकलाका सामग्रीले आकर्षण बनाइराखेको छ । पुस ६ गतेसम्म मेला जारी रहने छ ।
उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले मेलाको शुभारम्भ गर्दै महिला उद्यमीलाई प्रवद्र्धन गर्न सरकारले प्राथमिता दिने जानकारी दिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य सर्वध्वज साँवा, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले महिलालाई उद्यमशील बनाउन विशेष कार्यक्रम ल्याउन र उत्पादित बस्तुलाई वजारको पहुँच पु¥याउन आवश्यक रहेकोमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस