aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सिन्धुपाल्चोकमा बस दुर्घटना, १२ को मृत्यु १८ घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ मंसिर २०७६
सिन्धुपाल्चोकमा बस दुर्घटना, १२ को मृत्यु १८ घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक स्थित छ किलोमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । 

आइतबार बिहान कालिञ्चोक बाट फर्कँदै गरेको रिजर्भ बस बस अरनिको राजमार्गबाट झन्डै ५०० मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार तीर्थयात्रु बोकेको बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भएको हो ।

घटनाका घाइतेलाई बलेफीमा उपचार गरिदैं गरेको र घाइतेहरूको अवस्था हेरी हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताएका छन्। घटनकाे थप  विवरण आउन बाँकी रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस