aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बस दुर्घटना अपडेटः १४ जनाको मृत्यु, १८ जना घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ मंसिर २०७६
बस दुर्घटना अपडेटः १४ जनाको मृत्यु, १८ जना घाइते

काठमाडौं । सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको चार किलो भन्ने स्थानमा बस दुर्घटनामा मृत्यु  हुनेको संख्या १४ पुगेको छ ।

बस सडकबाट कम्तिमा पाँचसय मिटर तल खसेको छ । दुर्घटनामा ८ जना महिला, तीन जना पुरुष, दुई बालक र एक बालिका गरी १४ जनाको शव प्राप्त भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । 

दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४४६८ नं को रिजर्भ बस आज बिहान ८ः१५ बजे सडकबाट करीब १०० मिटर तल खसेर दुर्घटना परेको थियो ।

दुर्घटनामा १८ जना घाइते भएका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

घाइतेमध्ये दुई जनालाई काठमाडौँ पठाईएको र अन्यको खाडीचौरस्थित सदावहार अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयवासीद्वारा उद्धारकार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस