aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भूकम्पले घर भत्काएपछि नौ इन्जिनियर अधिकारको दुरूपयोग र ज्यान मार्ने उद्योगमा पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ मंसिर २०७६
भूकम्पले घर भत्काएपछि नौ इन्जिनियर अधिकारको दुरूपयोग र ज्यान मार्ने उद्योगमा पक्राउ

एजेन्सी । भूकम्पले घर भत्किएपछि अल्बानियामा प्रहरीले नौ जना इन्जिनियरलाई पक्राउ गरेको छ।

नोभेम्बर २६ तारिख बिहान ४ बजे तिराना भन्दा ३० किलोमिटर पर केन्द्रविन्दु ६.४ रेक्टरस्केलको भुकम्पका कारण ५१ जनाको मृत्यु भएको थियो।

उक्त भूकम्पमा घरहरु भत्किएको भन्दै ९ जना इन्जिनियर, बिल्डर तथा अन्य अधिकारीहरुलाई आफ्नो अधिकारको दुरूपयोग र ज्यान मार्ने उद्योगमा पक्राउ गरेको हो।

पक्राउ पर्ने दुई जना होटलका मालिक रहेका छन्। उनीहरु दुबैले होटल अनुमति विना बनाएको पाएपछि ज्यान मार्ने उद्योगमा पक्राउ गरिएको हो।


अल्बानियामा गएको भूकम्प दशककै ठुलो मानिएको थियो। यस भूकम्पबाट १४ हजार मानिसहरू विस्थापित भएको बिबिसीले जनाएको छ।

अभियोजनकर्ताहरूले १७ बिल्डर, इन्जिनियर र अधिकारीहरुले सुरक्षाको मापदण्ड उल्लंघन गरेको आरोप लगाएका छन्।

त्यसमध्ये ८ जना भूकम्प पछि फरार रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस