aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ मंसिर २०७६
देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यका लगायत लगभग देशभर मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर मौसम खुल्ने सम्भावना छैन । दिनभर आकाश बादली रहने महाशाखाको अनुमान छ ।

आज दिनभरकाे तापक्रम अधिकतम १७ डिग्री सेल्सिएस र न्युनतम ५ डिग्री सेल्सिएससम्म पुग्नेछ । याे हिजाेकाे तुलनामा २ डिग्री बढी हाे ।

साथै पश्चिका थोरै स्थान तथा मध्य र पूर्वी पहाडमा हल्का वर्षाको समेत सम्भावना रहेको बताइएको छ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको समेत सम्भावना रहेको छ । महाशाखाले केही उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले उच्च पहाडीसहित हिमाली भूभागका स्थानहरुमा सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

हिजो भन्दा आज पश्चिमी वायु केही बलियो भएको महाशाखाले जर्नाको छ । भोलि सोमबारबाट यसको प्रभाव कम हुने संभावना व्यक्त गरिएको छ । यसअघि मौसमविद्ले आजदेखि पश्चिमी वायुको प्रभाव बिस्तारै कमजोर हुँदै जाने अनुमान गरेका थिए । काठमाडौं उपत्यकाको पनि आज दिनभर मौसम नखुल्ने मौसमविदको अनुमान छ।

पानी पर्ने सम्भावना भने ज्यादै न्यून रहेको बताइएको छ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम भने बढेको छ । बिहान लिइएको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस पुगेको छ ।

प्रतिक्रिया दिनुहोस