aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बाराक ओबामाले किने एक अर्ब ३३ करोडको घर (तस्वीरहरू सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ मंसिर २०७६
बाराक ओबामाले किने एक अर्ब ३३ करोडको घर (तस्वीरहरू सहित)

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले एड्गरटाउनस्थित मार्थाज भाइनयार्डमा एक अर्ब ३३ करोड रुपैयाँ बराबरको घर किनेका छन् । उनले वीक ग्रसबीकबाट उक्त घर खरिद गरेका हुन् । ग्रसबीक बाेस्टन सेल्टिक्स बास्केटबल टिमका लगानीकर्ता हुन् ।

ओबामाले डिसेम्बर ४ तारिखमा किनेका हुन् । उक्त घरको मूल्य ११.७५ मिलियन डलर अर्थात् एक अर्ब ३३ करोड ७४ लाख ३७ हजार ३९ रुपैयाँ परेको छ 

ओबामाले विक्लिफ ग्राउसबेक र कोरिन बास्लर ग्राउसबेकबाट उक्त घर किनेका हुन् जो चर्चित बास्केटबल क्लब बोस्टन सेल्टिक्सका मालिक समेत हुन्।

६ हजार ८ सय ९२ स्क्वायर फुटमा बनेको घरमा ७ बेडरुम, ८ शौचालय, २ ग्यारेज, स्विमिङ पुल लगायतका सुविधा छन् ।

सन् २०१५ देखि विक्रीमा रहेको घरको मूल्य २२.५ मिलियन डलर राखिएको थियो तर पछि घरको मूल्य घट्यो ।

यसअघि जुनमा १६.२५ मिलियन डलर राखिएको थियो भने फेरि जुलाईमा १४.८५ मिलियन डलरमा घटेको थियो ।     

ओबामा मार्थज भाइनयार्डमा हरेक वर्षको अगष्टमा सपरिवारसँग घुम्न जान्थे ।

प्रतिक्रिया दिनुहोस