aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोह पौष ३ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ मंसिर २०७६
त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोह पौष ३ गते

 

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोह पौष ३ गते बिहिवार हुने भएकाे छ ।  त्रिविका कुलपति एव‌ सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा हुनेछ । 

उक्त कार्यक्रम ललितपुर स्थित पुल्चाेक क्याम्पसकाे प्राँगणमा  विहान १० ३० बजे  हुने त्रिभुवन विश्वविद्यालयले जनाएकाे छ ।

त्रिवि अन्तर्गत पाँच वटा अध्ययन संस्थान, ३५ वटा केन्द्रीय विभाग, ६० वटा आंगिक क्याम्पस र १ हजार ८४ वटा सम्बन्धन प्राप्त क्याम्पस संचालनमा छन् । उच्च शिक्षा अध्ययनरत विद्यार्थीमध्ये ८० प्रतिशतभन्दा बढी त्रिविमा अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस