aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रधानमन्त्रीले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ बैशाख २०७६
प्रधानमन्त्रीले आज  नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने

 प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष ०७६/७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ आज संसदमा उपस्थित भएर दिँदैछन् ।
गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल आज सकिँदै छ । लगत्तै प्रधानमन्त्रीले त्यसबारे जवाफ दिने कार्यसूची तय भएको संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीले आज विपक्षीले उठाएका प्रश्नहरुको जवाफ दिनेछन् ।प्रधानमन्त्रीले जवाफ दिएपछि आवश्यक संशोधनसहित नीति तथा कार्यक्रम पारित गर्ने संसद्को कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस