aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भारतको अर्थ व्यवस्था आइसीयूको तर्फ अघि बढेको अरविंदको भनाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ मंसिर २०७६
भारतको अर्थ व्यवस्था आइसीयूको तर्फ अघि बढेको अरविंदको भनाई

एजेन्सी । देशको अर्थतन्त्रको अबस्था देखेर मोदी सरकारका पूर्व आर्थिक सल्लाकार रहिसकेका अरविंद सुब्रमण्यनको कडा भनाई आएको छ ।उनले देशको अर्थ व्यवस्था  आइसीयूको तर्फ अघि बढेको बताएका छन् ।अरविंदले अहिलेको संकटलाई समाल्न सकिएन भने गम्भीर संकट भोग्नु पर्ने चेतावनी समेत दिएका छन् । साथै उनले आयात,निर्यात तथा सरकारको राजस्वको तथ्यांकले समेत अर्थतन्त्र गम्भीर संकट तर्फ धकेलिरहेको संकेत गरेका छन् ।
 
पूर्व मुख्य आर्थिक सल्लाकार  अरविंदले दोहोरो वासलातले समेत अर्थतन्त्रमा संकट  पारेको दाबी गरेका छन् । उनले भने -" भारतीय अर्थतन्त्रमा दुई ओटा वासलातलाई लिएर समस्याको लहर आईसकेको छ ।अहिलेको ताजा आर्थिक संकटको कारण पनि ट्विन बैलेंस शीट नै हो " ।

प्रतिक्रिया दिनुहोस