
काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को प्रथम चौमासिकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जम्मा ९२५ खाद्य बस्तुहरुको नमूना सकंलन गरेको छ । प्रथम चौमासिक अवधिमा विभाग तथा मातहतका कार्यालयहरुबाट बजार निरीक्षण अनुगमन गरी ऐन नियमानुसार जम्मा ९ सय २५ नमूना सकंलन गरेको हो ।
त्यसमध्ये ४ सय ६४ वटा नमूनाहरुको विश्लेषण परीक्षण प्रतिवेदन अनुसार ६१ नमूनाहरु मापदण्ड अनुसार नपाइएका नमूनाहरु मध्ये २९ वटा दूषित, २४ वटा न्यून गुणस्तर तथा ८ वटा खाद्य ऐन नियमको प्रावधान बमोजिम नपाइएका छन् ।
खाद्य ऐन तथा नियम अनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गरेको कसूरमा ८ वटा मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको विभागले बताए ।
दायर गरिएका ८ थान मुद्दा मध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका ४ तथा दालमोठ भूजिया, तयारी चाउचाउ मिठाई खुर्सानीको धूलो जस्ता विभिन्न खाद्य पदार्थका रहेका छन् । उक्त मुद्दाहरुमध्ये ३ विवरण नमिलेका र निर्देशिका उलंघन सम्बन्धी रहेका छन् ।
यस अवधिमा खाद्य दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटल गरी १,७८० पटक निरीक्षण अनुगमन गरिएको छ । विभागमा प्राप्त प्रशोधित पिउने पानीको गुणस्तर, खाने तेलको गुणस्तर, होटल रेष्टुरेण्ट, चामलको गुणस्तर लगायतका विभिन्न विषयका जम्मा १५ उजुरी उपर तत्काल सम्बोधन टोली मार्फत कारबाही गरिएको छ ।
विभाग तथा मातहतका कार्यालयहरुबाट भएको निरीक्षण अनुगमनमा खाद्य ऐन, २०२३, खाद्य नियमावली, २०२७ तथा निर्दे्शिका बमोजिम उत्पादन गरेको नपाईएका २२ वटा उद्योग एवं खाद्य व्यवसायहरुलाई उत्पादन रोक्का एवं सिलबन्दीका साथै नमूनाहरु संकलन गरी कारवाही अघि बढाइएको विभागका प्रवक्ता मोहन कृष्ण मर्हजनले बताए ।
यस अवधिमा १७९ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी, ५३० उद्योग अनुज्ञापत्र नवीकरण तथा ५३५ नयाँ उद्योग स्थापना गर्न सिफारिश गरिएको समेत महर्जनले जानकारी दिए ।
खाद्य आयात निर्यात नियमन कार्यक्रम
खाद्य आयात निर्यात निरीक्षण तथा गुण प्रमाणिकरण प्रणाली सम्बन्धी निर्देशिकाले व्यवस्था गरे अनुरूप आयात गर्नु पूर्व अनिवार्यरूपमा अनुमति लिनुपर्ने भनी व्यवस्था गरिएका विभिन्न खाद्यवस्तुहरूको आयात अनुमति लिने क्रममा आ. ब. २०७६र७७ को प्रथम चौमासिकमा कुल ७,७७२ आयात अनुमति जारी गरिएको छ । यसै क्रममा आवश्यक कागजात पूरा नभएका कन्फेक्सनरी, पेय पदार्थ लगायतका विविध खाद्य पदार्थहरु गरी ४९ वटा खाद्य पदार्थका कन्साइन्मेन्टहरुको अनुमती अस्विकृत गरिएको विभागले जानकारी दिए ।
यस अवधिमा १२ वटा विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरुमा १०.१६५ वटा नमूनाहरू प्राप्त भई सोको जाँच विश्लेषण गरी नियमन गरिएको छ ।
खाद्य स्तर निर्धारण कार्यक्रम
खाद्य ऐन अनुरुप निम्न विषयहरुको अनिवार्य गुणस्तर मापदण्डका मस्यौदाहरु तयार गरी प्राविधिक उपसमितिमा विज्ञ सहित छलफल गरिएकोे छ ।
१. फलफूल तथा तरकारीमा विषादीको अवशेषको अधिकतम सिमा ः बोडी, सिमि, परवल, भेंडे खुर्सानी, काँक्रो, घिरौंला, प्याज, फर्सी, जुगेनी, रायो साग, सुन्तला, आँप, अंगुर
२. भेटनरी ड्रगको अधिकतम सिमा ः कुखुराको मासु, हाँसको मासु, टर्कीको मासु, खसी बोकाको मासु, भेडा बंगुर सुंगुरको मासु, खरायोको मासु, माछा, ट्राउट, झिंगे माछा
३. खाद्य ऐन अनुरुप खाद्य स्तर निर्धारण समितिले विभिन्न १० वटा फलफूल तथा तरकारीमा विषादीको अधिकतम सिमा तोकेकोमा नेपाल राजपत्रमा प्रकाशनका लागि मन्त्रीपरिषदमा प्रस्ताव स्वीकृतीको लागि पेश भएको छ ।
प्रयोगशाला सुदृढिकरण र प्रत्यायन तथा प्रयोगशाला सेवा सम्बन्धी कार्यक्रम
क. प्रयोगशाला सुदृढिकरण विभाग अन्तर्गत राष्टिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाको क्षमता अभिवृद्धि एवं सुदृढिकरण कार्यक्रम अन्तर्गत प्राविधिक जनशक्तिलाई जीसिएमएस, एलसिएमएस, एएएस, तथा आइसिपी–एमएस जस्ता अत्याधुनिक उपकरणहरु सम्बन्धी तालिमहरुमा पठाउने कार्य भएको थियो । यसबाट प्रयोगशाला परीक्षण क्षमता अभिवृद्धिका साथै प्रयोगशालको थप एक्रेडिटेशनको लागि पूर्व तयारी भएको विभागले जानकारी दियो ।
विगतमा मर्मत हुन नसकि कार्य सन्चालनमा नआएका एलसिएमएस÷एएएस,तथा आइसिपी–एमएस जस्ता उपकरणहरु मर्मत गरी सन्चालनमा ल्याउने कार्य भएको छ । जसबाट निकत भविष्यमा हेभि मेटल मिनरल सबै समूहको पेष्टिसाइडको अवशेष तथा भेटनरी ड्रग अवशेषको परीक्षण सूचारु रुपमा गर्न सक्नेछ ।
खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरुमा बिषादीको अवशेष परीक्षणका लागि १५ थान आरबीपिआर उपकरण खरीदको प्रकृयामा रहेको छ । साथै प्रयोगशाला सुदृढिकरण तथा प्रत्यायन कार्यका लागि आवश्यक कन्जुमेबल केमिकल्स र ग्लासवेरहरुको खरीदको लागि प्रकया अगाडि बढेको छ । प्रयोगशालाको क्षमता अभिवृद्धि तथा थप प्रत्यायन तयारीका लागि कार्यहरु भैरहेका छन् ।
ख. प्रयोगशाला प्रत्यायन
बिभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालालाई रासायनिक, जीवनाशक विषादीको अवशेष माइकोटक्सिन, हेभि मेटल तथा सूक्ष्मजैबिक विषय गरी विभिन्न २६ खाद्य पदार्थहरुका १०१ विषयमा नयाँ सस्करण क्ष्क्इरक्ष्भ्ऋ ज्ञठण्द्दछस्द्दण्ज्ञठ अनुरुप अन्तर्रा्ष्ट्रिय मान्यता प्राप्त गरी सकेको सन्दर्भमा नेपालको निर्यातजन्य खाद्य पदार्थहरुलाई सहजीकरणका लागि विषादीको अवशेष, शुक्ष्म जीब, हेभी मेटल तथा केमिकल्स लगायतका क्षेत्रहरुमा थप एक्रेडिटेशनका तयारी भैरहेको छ ।
ग, प्रयोगशाला सेवा
यस अवधिमा विभागको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला तथा खाद्य प्रविधि तथा गण नियन्त्रण कार्यालयहरूका प्रयोगशालाहरूबाट खाद्य ऐन नियम कार्यान्वयनका क्रममा संकलित नमुना, खाद्य उद्योग अनुज्ञापत्रका लागि सङ्कलित नमुनाहरु लगायत सेवाग्राहीहरूबाट अनुरोध भई आएका गरी जम्मा ५,०३१ वटा नमनाहरू तथा आयात निर्यात नियमन अन्तर्गत १०.१६५ वटा नमूनाहरू गरी कूल १५, १९६ वटा नमूनाहरु प्रयोगशाला जाँच परीक्षण गरिएको थियो ।
खाद्य प्रविधि विकास तथा पोषण सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम
आ.व. २०७६र७७ को पहिलो चौमासिकमा तरकारी जन्य पदार्थ तथा दुग्ध जन्य पदार्थ लगायतका खाद्य पदार्थहरुमा विभिन्न ९ किसिमका अध्ययन अनुसन्धान गरेका थिए । चिउरामा आधारित स्नाक्स बार र कर्कलोको पातको सूपको पोषिलो परिकार विकास गरेको छ ।
चालु आर्थिक बर्षको चौमासिकमा विभाग तथा मातहतका कार्यालयहरुबाट खाद्य प्रविधि र पोषण सम्बन्धी ४६१ जनालाई तालिम प्रदान गरिएको छ । बिभिन्न ५० खाद्य पदार्थहरुको पौष्टिक तत्व विश्लेषण गरी फड कम्पोजिशन टेबलको अद्यावधिकको लागि कार्य भैरहेको छ ।
नेपाल असल कृषि अभ्यास प्रमाणिकरण सम्बन्धी कार्यक्रम
उपभोक्ताहालाई स्वस्थ र सुरक्षित खाद्य तथा कृषिजन्य वस्तु उपलब्ध गराउन, दिगो कृषिलाई योगदान पर्याउन निर्यात प्रवर्द्धनका साथै आयात व्यवस्थापन गर्न नेपाल असल कृषि अभ्यासको आवश्यकतालाई महशूस गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपाल असल कृषि अभ्यासको मापदण्ड तय गरी सोको लागू गर्न नेपाल असल कृषि अभ्यास कार्यान्वयन निर्दे्शिका, २०७५ जारी गरेको छ । नेपाल असल कृषि अभ्यास प्रमाणिकरण निकायको रुपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई तोकेको छ । यसै सन्दर्भमा निम्न तीन तरकारी कृषि फर्महरुले नेपाल असल कृषि अभ्यास लागू गरी प्रमाणिकरणको अन्तिम चरणमा पुगेको छ ।
होटल रेष्टुरेण्ट स्तरीकरण
आव ०७६र७७ को प्र.चौ.अवधिमा विभाग तथा मातहतका कार्यालयहरुबाट जम्मा ११५ बटा जाटल गट स्तरीकरण गरिएकोमा ५ वटाले अति उत्तम पाउन सफल भए भने २३ (२०५) बटाले उत्तम, ३६ वटाले सन्तोषजनक र ५१ बटाले सामान्य स्तर प्राप्त गरेका छन् ।
यस विभागको संगठन संरचना काठमाडौंमा विभाग बिराटनगर, जनकपुर, हेटौंडा, भैरहवा, नेपालगञ्ज र धनगढी स्थित ६ वटा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरुस झापा, इनरुवा, धनकुटा, उदयपुर, राजविराज, मलंगवा, जलेश्वर, पर्सा, चितवन, काठमाडौं, धुलिखेल, नुवाकोट, सिन्धुली, दमौली, पोखरा, बाग्लुङ, तानसेन, तौलिहवा, दाङ, सुर्खेत, जुम्ला, डोटी, डडेल्धुरा र बैतडी स्थित २४ वटा डिभिजन कार्यालयहरु र काँकडभिट्टा, रानी, जलेश्वर, त्रिभुवन विमान स्थल, तातोपानी, रसुवा, बीरगन्ज, भैरहवा, कृष्णनगर, नेपालगज, धनगढी र कञ्चनपुर गरी १२ स्थानमा खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरु गरी जम्मा ४३ कार्यालयहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस