aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अष्ट्रेलियाका प्रधानमन्त्रीको टाउकोमा अण्डा प्रहार, एक महिला पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ बैशाख २०७६
अष्ट्रेलियाका प्रधानमन्त्रीको टाउकोमा अण्डा प्रहार, एक महिला पक्राउ

क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई एक जना प्रदर्शनकारीले अण्डा प्रहार गरेका छन् । राष्ट्रिय चुनावको क्याम्पेनका क्रममा उनीमाथि अण्डा प्रहार गरिएको हो ।अण्डा प्रधानमन्त्रीको टाउकोमा ठोक्किएपनि नफुटेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

त्यो घटनाका क्रममा एक जना बृद्धालाई पनि धक्का लागेको थियो । फुटेजमा देखिएको दृश्यका आधारमा २५ वर्षिया एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । अण्डा फाल्ने कार्यलाई प्रधानमन्त्रीले ‘कायरतापूर्ण’ भन्ने टिप्पणी गरेका छन् । सो घटना स्थानीय महिला संघको एउटा कार्यक्रममा अल्बुरी भन्ने स्थानमा भएको थियो । सो स्थान क्यानबेराबाट ३३० किमी दक्षिण —पश्चिममा पर्छ । घटनामा कोहीपनि घाइते भने भएनन् ।  (बीबीसी)

प्रतिक्रिया दिनुहोस