aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भारतीय प्रधानमन्त्री मोदी लडेकाे भिडियाे भाइरल (भिडियाेसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० मंसिर २०७६

एजेन्सी ।  भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी सिँडी चढ्ने क्रममा लड्न पुगेका छन् । विभिन्न कार्यक्रममा निकै व्यस्त रहने प्रधानमन्त्री मोदी आइतबार भारतको कानपुरस्थित अटलघाटमा हुने एक कार्यक्रममा सहभागी हुने क्रममा उनी लड्न पुगेका थिए ।

उक्त कार्यक्रममा मोदी आफ्नो सुरक्षा घेरामा हिँड्दै गर्दा हतारमा सिँढी उक्लने हुँदा एक्कासी लडेका थिए ।

 

प्रधानमन्त्री लड्नेबित्तिकै सुरक्षा गार्डले उठाएको भिडियो अहिले भाइरल भइरहेको छ । अन्तिम खुड्किला पार गर्ने क्रममा उनी लड्न पुगेका थिए । उनलाई तत्काल सुरक्षा गार्डहरुले उठाएका थिए । 

उनलाई कुनै ठूलाे चोट नलागेको मिडिया रिपोर्टमा उल्लेख छ । अन्त चोटपटक नलागे पनि हातमा भने धक्का लागेको छ ।

गंगा नदीको सफाई अभियानको लागि जादै गर्दा मोदी लडेपछि बडीगार्डले तत्काल उठाएका थिए। क्यामेरा अगाडी नै यसरि आफ्नो प्रधानमन्त्री लडेपछि भारतीय मिडियाले समाचार कभर गरेका थिए । 

नमामी गंगे परियोजना अन्तर्गत गंगा नदीको सफाई अभियानको निरीक्षणका लागि प्रधानमन्त्री मोदी अटलघाट पुगेका हुन् ।

उक्त सिँढीमा उनी लड्ने पहिलो व्यक्ति भने होइनन् । सोही ठाउँमा नै यसअघि धेरै जनाहरु लडेका छन् । उक्त सिँढी केही अग्लो भएको र हत्तपत्त कसैले मेसो नपाउने भएका कारण लड्ने गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस