aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

के–हब कार्यक्रमका लागि महानगर र युएनडीपीबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० मंसिर २०७६
के–हब कार्यक्रमका लागि महानगर र युएनडीपीबीच सम्झौता

काठमाडौं । काठमाडौं मेट्रोपोलिटन सिटी हब (के–हब) कार्यक्रम थालनी गर्न काठमाडौं महानगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच सम्झौता भएको छ ।

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र युएनडीपीका आवासीय प्रतिनिधि आइसानी मेडागाङ्गोडा लबेबीच युवालाई उद्यमशीलतामा आधारित तथा उत्पादनमुलक कार्यक्रम थालनी गर्न सम्झौता भएको हो । 

सम्झौताका कार्यक्रममा प्रमुख शाक्यले हामीले सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रसँग मिलेर शहरी युवाका लागि यो कार्यक्रम थालनी गर्न लागेका हौं । यो कार्यक्रममा आफ्नो ठाउँमा कमाइ हुने सम्भावना नदेखेर श्रमका लागि बाध्यताबस विदेश जानुपर्ने अवस्थाका शहरी युवालाई सहभागी गराइने बताए । 

कार्यक्रममा उद्यम तथा साना उद्यम, न्यून लगानी भएका तथा स्वरोजगारमुलक व्यापारजस्ता उत्पादनमुलक क्षेत्रका विषयमा सिकाइ प्रवद्र्धन गरिन्छ । कार्यक्रममा शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले सानातिना उद्यमशील प्रयासबाट शहरमा ठूलो प्रभाव ल्याउन सक्ने बताए । यसका लागि युवाहरुलाई सम्भावना देखाउने कोशिस गरिनेछ, उपाध्यक्ष बस्नेतको भनाइ थियो । 

शहरी योजना आयोगका सदस्य डा. कीर्ति कुसुम जोशी कार्यक्रम सञ्चालनमा आइसकेपछि बाध्य भएर विदेश जानुपर्ने अवस्थामा कमी आउनेछ । निश्चित अवधिमा आफू रोजगार बन्ने र अरुलाई रोजगारी दिने गरी युवालाई प्रोत्सााहन हुने गरी कार्यक्रम सञ्चालन हुनेछ । 
उहाँका अनुसार आगामी साढे २ वर्षभित्र कम्तीमा ५ वटा उद्यम सञ्चालन हुनेछन् । 

कार्यक्रममा आवासीय प्रतिनिधि लबेले स्थानीयस्तरमा उपलब्ध तर बजार भाउ नपाएका सामान तथा वस्तुलाई बिक्रीयोग्य बनाउने र उत्पादिन सामानलाई बजारको पहुँचमा पुर्याउने लक्ष्यसहित यो कार्यक्रममा युएनडीपी सहभागी भएको हो । 

प्रतिक्रिया दिनुहोस