aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

स्थानिय तहमा अनलाइनबाटै राजश्व सङ्कलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ पुस २०७६
स्थानिय तहमा अनलाइनबाटै राजश्व सङ्कलन

इलाम । इलामको माई नगरपालिकामा आजदेखि अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु गरिँदैछ । नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि पनि अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु गरिएको हो ।
 
नगरपालिकाको काम छिटो तथा आधुनिक बनाउन पहल भइरहेका बेला यस प्रविधिले पनि सहयोग मिल्ने नगर प्रमुख दीपक थेवेले बताए । यसका लागि आवश्यक इन्टरनेट जडान भइसकेको, कम्प्युटर र दक्ष कर्मचारीसमेत नगरपालिकाले ठिक पारेको उनले बताए । यसका लागि नगरपालिकाका कर्मचारीलाई दुईदिने तालीम दिइएको, नगरपालिकाका केही कर्मचारी र प्रत्येक वडामा एक÷एक कर्मचारीलाई यससम्बन्धी तालीम दिएर काम गर्न सक्ने बनाइएको उनले बताए । 

सदरमुकामभन्दा टाढा रहेका स्थानीय तहमा इन्टरनेटको समस्या पर्ने गर्दछ । तर यहाँ भने आवश्यक इन्टरनेट जडानपछि खासै समस्या नहुने बताइएको छ । यसअघि नै जिल्लाका इलाम, देउमाई र सूर्योदय नगरपालिकामा भने अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस