aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सुनकाे मूल्य बढ्याे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ पुस २०७६
सुनकाे मूल्य बढ्याे

काठमाडौं । सोमबार स्थिर रहेको सुन–चाँदीको भाउ मंगलबार बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोलामा २०० सय रुपैयाँले बढेर ७१ हजार ५०० रुपैयाँ भएको छ । आइतबार तोलाको ७१ हजार ३०० रुपैयाँ थियो । यस्तै, तेजावी सुन पनि २०० रुपैयाँले नै बढेर ७१ हजार २०० रुपैयाँमा आइपुगेको छ ।
 
आइतबार तेजाबी सुन तोलाका ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको भाउ तोलामा ८ सय ४५ रुपैयाँ थियो ।  
 

प्रतिक्रिया दिनुहोस