aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

मलेसियाले अवैध विदेशी कामदारमाथि कडा कदम चाल्दै, जनवरी अघि नै देश छाडनुपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ पुस २०७६
मलेसियाले अवैध विदेशी कामदारमाथि कडा कदम चाल्दै, जनवरी अघि नै देश छाडनुपर्ने

काठमाडौं । अवैध रुपमा बसेर काम गरिरहेका विदेशी कामदारलाई मलेशियाले कडाइ गर्ने भएकाे छ । मलेसियामा अबैध अाप्रबासी श्रमिकले जनवरी अघि नै मलेसिया छाडनुपर्ने भएको छ ।

मलेसियामा ठूलो संख्यामा नेपाली लगायत अन्य देशका श्रमिक अवैध रूपमा बसेर काम गरिरहेको गुनासो बढेपछि मलेसियाले सरकारले आगामी जनवरी १ देखि उनीहरूविरुद्ध कडा कदम चाल्ने जनाएको छ ।

मलेसिया सरकारले घर फर्कने कार्यक्रमलाई ब्याक फर गुड आममाफीको समय पनि जनवरीमा सकिदै छ । जसका कारण जनवरी १ देखि अवैधानिक रूपमा बसेका आप्रवासीलाई कडाइ गर्ने तयारी गरेकाले मलेसिया सरकारले त्यसअघि नै उनीहरूलाई स्वदेश फर्कन अवसर दिएको छ।

मलेसियामा रहेको नेपाली दूतावासका अनुसार डिसेम्बर ३१ सम्म अवैधानिक रूपमा रहेका श्रमिक घर फर्के मलेसिया सरकारले कुनै कारबाही गर्ने छैन।

अवैधानिक रूपमा रहेका श्रमिकलाई घर फर्कन मलेसिया सरकारले मौका दिएकाले आउँदो दुई साताभित्र यस्तो अवसर नगुमाउन दूतावासले आग्रह गरेको छ।

राहदानी हराएका, भिसाको अवधि सकिएका, पहिलो रोजगारदाता छाडेका लगायत आवश्यक कागजपत्र नभएका श्रमिकलाई अवैधानिक मानिन्छ। श्रम स्वीकृति लिएको संख्याको आधारमा मलेसिया नेपालको सबभन्दा ठूलो गन्तव्य भित्र पर्छ ।

वैदेशिक रोजगार विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर मलेसियाको रोजगारीमा ११ लाखभन्दा बढी युवा पुगेका छन्। जसमा १ खाल ५० हजारसम्म अवैध रहेको दूतावासको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस