
काठमाडौं । काठमाडौं महानगरपालिकाले डायलाइसिसको लागि सैनिक अस्पताल सँग सम्झौत गर्ने भएको छ ।
महानगरले भोली (बुधबार ) १ बजे आर्मी हेड क्वाटरमा उक्त अस्पतालसँग सम्झौता गर्ने तयारी गरेको छ । उक्त उपचार पद्धतिको लागि महानगरले तत्कालको लागि तीन करोड रूपैयाँ छुट्याएको र आवश्यकता अनुसार रकम थप्दै जाने महानगरले जनाएको छ ।
मिर्गौलामा समस्या भएका बिरमीहरूले अकालमै ज्यान गुमाउनु पर्ने भएकाले महानगरले यस योजना ल्याएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।
हाल बहालवाला सैनिक र तिनका आश्रित परिवारलाई मात्र अस्पतालले सैनिक अस्पतालमा उपचार नगर्ने व्यवस्था रहेको छ तर डायलाइसिस उपचार भने सर्वसाधारणले पनि गर्न पाउने महानगरले जनाएको छ ।
महानगरको भनाइ अनुसार उक्त अस्पतालमा तिन सिफ्टमा डायलाइसिस गराउने भएको छ ।
प्रतिक्रिया दिनुहोस