aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मुद्रा अपचलन गरेको आरोपमा जिम्बाबेका उपराष्ट्रपतिकी श्रीमती पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ पुस २०७६
मुद्रा अपचलन गरेको आरोपमा जिम्बाबेका उपराष्ट्रपतिकी श्रीमती पक्राउ

हरारे । मुद्रा अपचलन गरेको आरोपमा जिम्बाबेका उपराष्ट्रपतिकी श्रीमती पक्राउ परेकी छिन् । उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेङगाकी श्रीमतीलाई पक्राउ गरिएको जिम्बाबेको भ्रष्टाचार विरुद्धको आयोगका अधिकारीले सोमबार पुष्टि गरेका छन् । आयोगका प्रवक्ता जोन माकामुरेले ३८ वर्षीया म्यारी मुबैवालाई शनिबार नै पक्राउ गरिएको जानकारी दिए।

मुबैवालाई सार्वजनिक कोषको रकमलाई आफ्नो बनाएसम्वन्धी छ ओटा, मुद्रा अपचलनसम्वन्धी पाँच ओटा र जालसाझीसम्वन्धी एउटा मुद्दा लगाइएको पनि उनले बताए ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस