aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

पर्यटकबाट ७४ अर्ब आय, नेपालीबाट विदेशमा खर्च कती ?

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • बुधबार, ०२ पुस २०७६
पर्यटकबाट ७४ अर्ब आय, नेपालीबाट विदेशमा खर्च कती ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले नेपालमा विदेशी पर्यटकले गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्च बढी भएको बताएका छन् । यस्तो पर्यटनबाट नेपालले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उनको तर्क छ । 

गभर्नर नेपालले अहिले नेपालमा आउने विदेशी पर्यटकले वार्षिक रू. ७४ अर्ब खर्च गर्ने गरेको तर विदेश जाने नेपालीले रू. ९० अर्ब जति खर्च गर्ने गरेको बताए । ‘पर्यटनबाट स्वदेश भित्रिने विदेशी मुद्राभन्दा बाहिरिने मुद्रा बढी भएको अवस्था छ । आउने रकम बढाउने र जाने रकम कम गर्न आवश्यक छ,’ उनले भने ।

होटल तथा एयरलाइन्स बुकिङको अनलाइन सर्च इन्जिन ‘एक्सेलट्रिप’को मंगलवार काठमाडौंमा उद्घाटन गर्दै गभर्नर नेपालले पछिल्लो तीन वर्षयता नेपालको आर्थिक वृद्धिदर इतिहासकै उच्च रहे पनि पर्यटन क्षेत्रको योगदान न्यून रहेको बताए । उनले अर्थतन्त्रको विकासमा पर्यटनको भूमिका महत्वपूर्ण रहे पनि नेपालले पर्यटनबाट उचित लाभ लिन नसकेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस