aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मासुको मूल्य बढाउन जिउँदै गाडियो ३० लाख चल्ला

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • बुधबार, ०२ पुस २०७६
मासुको मूल्य बढाउन जिउँदै गाडियो ३० लाख चल्ला

काठमाडाैं । नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ। बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले चल्ला मारेको हो। ती चल्लाको मूल्य १५ करोड रुपैयाँ पर्छ।

संघले बजारसुधार गर्ने नाममा एकलौटी निर्णय गरी साना किसानदेखि व्यावसायिक ह्याचरीका ब्रोइलर र कोइलर जातका जिउँदो चल्ला नष्ट गरेको छ।

संघका पदाकिारीले फार्ममा जबर्जस्ती प्रवेश गरी चल्ला मार्न थालेको गुनासो साना किसानहरूको छ। व्यावसायिक लाभ लिन जिउँदो चल्ला मारेको भन्दै किसानले खेद व्यक्त गरेका छन्।

संघले मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म देशभरका ह्याचरीबाट चल्ला उत्पादन गर्न नदिने नीति लिएको छ। यसै क्रममा काठमाडौं, चितवन, पोखरा, बुटवल, धनगढीलगायत सहरमा एक दिनमै ३० लाख चल्ला मारिएको हो। चल्ला कमी भएपछि बजारमा कुखुराको मासुको अभाव हुन्छ। मासु अभाव गराएर मूल्य बढाउने तयारी ह्याचरी संघको छ।

प्रतिक्रिया दिनुहोस