aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नागरिकता कानुन संशोधन दिल्लीमा फेरि हिंसा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ पुस २०७६
नागरिकता कानुन संशोधन दिल्लीमा फेरि हिंसा

नयाँ दिल्ली ।  भारतमा नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्रीले नागरिकता संशोधनलाई लिएर अब राजनीति बन्द गर्न आग्रह गरे छ । 

देशभरि विरोध प्रदर्शन विस्तार भइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकतासम्बन्धी नयाँ कानूनको बचाउ गर्दै भने, मोदीले नागरिकता संशोधन सोचविचार गरेर नै गरिएकोले यसमा ‘गुरिल्ला’ राजनीति बन्द गर्नु उचित हुनेछ ।

संशोधनपछि आएको नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा भारतको पश्चिम वङ्गाल, कलकत्ता, तामिल नाडू राज्यलगायतका शहरी क्षेत्रमा विभिन्न दलहरूसमेतको सक्रियतामा भारतीय मुसलमान समुदायले हजारौँको सङ्ख्यामा विगत केही दिनदेखि प्रदर्शनलाई जारी राखेका छन् ।

भारतीय मुसलमान समूहको सक्रियतामा भारतको राजधानी नयाँ दिल्लीमा पनि मङ्गलबार बृहत् विरोध प्रदर्शन गरिएपछि प्रधानमन्त्री मोदीद्वारा शान्ति कायम राख्न आग्रह गरे  । प्रधानमन्त्री मोदीले संशोधित नागरिकतासम्बन्धी कानूनबाट कोही पनि भारतीय नागरिक डराउनुपर्ने अवस्था नरहेको बताए । 

प्रधानमन्त्री मोदीले मुस्लिमहरूमा विपक्षीहरूले डर पैदा गराएको आरोपसमेत लगाउनुभएको छ भने कानूनलाई क्रियान्वयनमा लान गृहमन्त्री अमित शाह दृढ देखिए । 

केन्द्रीय गृहमन्त्री अमित शाहले विपक्षीले जतिसुकै विरोध गरे पनि कानुन लागु गराउने बताए । उनले भने, “म विपक्षलाई भन्न चाहन्छु कि राजनीतिक रूपमा जति सक्नुहुन्छ विरोध गर्नुस् तर मोदी सरकार यो लागु गराउन प्रतिबद्ध छ ।”

दिल्लीदेखि पूर्वमा रहेको सीलमपुर मुस्लिम बहुल क्षेत्रमा मङ्गलबार भएका झडपमा केही सुरक्षाकर्मीसमेत घाइते भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दिल्ली प्रहरीका संयुक्त आयुक्त आलोक कुमारले सलीमपुरको घटनामा २१ जना घाइते भएको र त्यसमा १५ जना सुरक्षाकर्मी रहेको बताए।

प्रहरीले लाठी चार्ज नगरेको र संयमता अपनाएको आलोक कुमारले बताए । उनले भने, “प्रदर्शनकारी निकै आक्रामक बनेपनि प्रहरीले संयमता अपनाएको छ । गोली चलाइएको छैन तर केही स्थानमा भीडलाई नियन्त्रण गर्न केही अश्रुग्यास मात्र प्रहार गरिएको छ ।” उहाँले आक्रमणकारीले दुईवटा प्रहरी चौकीमा क्षति पु¥्याएको दावी गरे । 

प्रतिक्रिया दिनुहोस