aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नीति तथा कार्यक्रमबारे छलफल : प्रधानमन्त्री ओलीको जवाफ संसदमा (लाइभ)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ बैशाख २०७६

संघीय संसद प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका विभिन्न प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिइरहेका छन् । गएको शुक्रबार सरकारको तर्फबाट राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरु भएको थियो ।

आजसम्ममा सत्तापक्ष तथा प्रतिपक्षका १२३ सांसदहरुले छलफलमा भाग लिएका थिए । सांसदहरुले खासगरी राष्ट्रपतिले प्रयोग गरेको मेरो सरकार भन्ने शब्दावली, नीति तथा कार्यक्रमको कार्यान्वयन पक्ष, स्रोतसाधन आदिबारे प्रश्न उठाएका छन् । प्रतिपक्षले नीति तथा कार्यक्रमलाई हावादारी, छ्पष्ट, अमूर्त भन्दै आलोचना गरेका छन् भने सत्तापक्षका सांसदले बचाउ गरेका छन् । केहीले भने आलोचनात्मक समर्थन गरेका छन् । नीति तथा कार्यक्रम आजै निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ । 

 

प्रतिक्रिया दिनुहोस