aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अमेरिकाले दियाे नेपाली सेनालाई दुई वटा शक्तिशाली जहाज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ पुस २०७६
अमेरिकाले दियाे  नेपाली सेनालाई दुई वटा शक्तिशाली जहाज

काठमाडौं । नेपाली सेनालाई अमेरिकी सरकारले २ वटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूूत ¥याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद गिरीलाई ती विमान हस्तान्तरण गरे । छोटो समयमा उडान र अवतरण गर्न सक्ने क्षमता सहितको उक्त विमान नेपालको भूूगोलका लागि उपयुुक्त मानिन्छन् ।

नेपालको मानवीय सहायता र विपद् व्यवस्थापन प्रतिकार्य सञ्चालनमा यी विमानबाट महत्वपूूर्ण योगदान पुुग्नेछ । अमेरिकी सरकारबाट हालसम्म प्रदान गरिएको यो सबैभन्दा ठूलो सुुरक्षा अनुुदान हो । २ हजार ३०० केजी भारवहन क्षमताका यी विमानले २५ हजार फिटसम्मको उचाइमा उडान भर्नेछ । निकै शक्तिशाली इञ्जिन जडान भएका यीे विमानले नेपालको मनाङमा पनि उडान भर्न सक्नेछन् । 
 
३ चालक दलसहित १८ जना यात्रु क्षमताका यी विमान विपद्मा चिकित्सक टोली र राहत सामग्री ओसारपसार, प्याराजम्प, ठूूला खाले दुुर्घटनामा घाइते उद्धार र कहिलेकाहीँ विशिष्ट व्यक्तिको सवारीका लागि प्रयोग गरिने नेपाली सेनाले जानकारी दिएको छ । दुुर्गम क्षेत्रमा अत्यावश्यक सामान ढुवानीका लागि पनि यी विमान प्रयोग गरिने बताइएको छ । यी दुुई विमानको मूूल्य करिब १ करोड ५० लाख अमेरिकी डलर रहेको जानकारी दिइएको छ ।
 
विमानका लागि आवश्यक अतिरिक्त पाटपुुर्जा, विमान चालक तथा मर्मतसम्भार तालिम र आधुनिक मर्मतसम्भार व्यवस्थापन अभ्यासमा सहजीकरण लगायतको सहयोग पनि अनुुदानमा समावेश रहेको अमेरिकी दूूतावासले जानकारी दिएको छ । यी २ विमान प्राप्त गरेसँगै अब नेपाली सेनासँग साना र मध्यमखाले गरी ७ वटा विमान र १५ हेलिकप्टर भएका छन् ।

समारोहमा प्रधानसेनापति पूूर्णचन्द्र थापाले अमेरिकी सरकारका तर्फबाट नेपाली सेनालाई उपलब्ध हँुदै आएको तालिम र यस प्रकारका सहायताले २ देशबीचको सम्बन्ध विस्तारमा योगदान पुुगेको बताए । राजदूूत बेरीले नेपालको आवश्यकता अनुुसार मानवीय सहायता अन्तर्गत विपद् व्यवस्थापनका लागि सहयोग पुु¥याउने हेतुले उपलब्ध गराइएको विमान २ देशबीच सम्बन्ध सेतुुका रुपमा रहने विश्वास व्यक्त गरे । 
 
नेपाली सेना हवाई महानिर्देशनालयका सहायक रथी घनेन्द्रबहादुर शाहले नेपाल–अमेरिकी सम्बन्धको विस्तारमा विमानसम्बन्धी सहयोग कोशेढुंगा साबित भएको बताए । अमेरिकी सरकारले नेपाली सेनालाई आगामी दिनमा थप अर्को १ विमान उपलब्ध गराउने भएको छ । अमेरिकी दूूतावासले भनेको छ– यस्ता पहलहरुबाट नेपालको दीर्घकालीन दिगोपन, सुरक्षा र उत्थानशीलतालाई सशक्त बनाउनका लागि २ देशबीचको सहकार्य र निकट साझेदारी प्रदर्शन भएको छ ।

प्रतिक्रिया दिनुहोस