
एजेन्सी । संसार कै सर्वाधिक महँगो र चर्चित क्रिकेट लीग आईपीएल अर्थात् इन्डियन प्रीमियर लीगको सन् २०२० को संस्करणका लागि देसी-विदेशी खेलाडीको लिलामी आइतबार भारतको कलकत्तामा हुँदैछ ।
सो लिलामीमा ७३ जना खेलाडीको खरिद गर्ने अवसर क्रिकेट टिमहरुले पाउने छन् । यसमा भारत बाहेकका २९ जना खेलाडी रहेका छन् । यो लिलामीमा सबैभन्दा पहिले बलर, त्यसपछि तिब्र गतिका ब्याट्समेन र स्पिनरको बिक्रि हुनेछ ।
यसपटक ७ जना खेलाडीको आधार मूल्य २ करोड भारतीय रुपयाँ राखिएको छ । जसमा अस्ट्रेलियाका ग्लेन मैक्सवैल, क्रिस लिन, जोश हैजलवुड, मिचेल मार्श, पैट कमिस, दक्षिण अफ्रीकाका डेल स्टेन र श्रीलंकाका एंजेलो मैथ्यूज रहेका छन् ।
भारतका रोबिन उथप्पाको आधार मूल्य १ करोड ५० लाख रहेको छ । जवकि पीयूष चावला, यूसुफ पठान र जयदेव उनादकटको आधार मूल्य एक करोड रहेको छ । आईपीएलमा जुन टिमसंग धेरै पैसा छ उसले उसलाई लाभ हुने गर्छ किनकि उसले महंगोमा खेलाडी किन्न सक्छ ।
कुन टिमसँग कति छ पैसा ?
बिबिसीले जनाए अनुसार चेन्नई सुपर किंग्ससंग १४.६० करोड रुपयाँ छ उसले दुई जना विदेशी सहित पाँच खेलाडी किन्न सक्छ । दिल्ली कैपिटल्ससंग २७.८५ करोड रुपयाँ छ उसले पाँच विदेशी सहित ११ खेलाडी किन्ने छ । किंग्स इलेवन पंजाबसंग सबैभन्दा बढी ४२.७० करोड छ उसले चार विदेशी सहित नौ खेलाडी किन्नु पर्ने छ । कोलकाता नाइट राइडर्ससंग ३५.६५ करोड छ र उसले चार विदेशी सहित ११ खेलाडी खरिद गर्नु पर्ने छ । मुम्बई इन्डियनसंग १३.०५ करोड छ जसले दुई विदेशी सहित सात खेलाडी खरिद गर्नुछ ।
त्यसैगरी राजस्थान रोयल्ससंग २८.९० करोड छ र उसले चार विदेशी सहित ११ खेलाडी लिनुपर्ने छ । रोयल चैलेंजर्स बैंगलोरसंग २७.९० करोड रुपयाँ छ जसले छ जना विदेशी खेलाडी सहित १२ खेलाडी किन्नु पर्ने छ । सनराइजर्स हैदराबादसंग १७ करोड रुपयाँ छ जसले दुई विदेशी खेलाडी सहित सात खेलाडी अनुबन्धित गर्नु छ ।
जसमा छ सबको नजर
यो पटक कुन खेलाडीको लागि सबैभन्दा पैसा टिमहरुले खन्याउछन् त्यो त् आइतबार नै थाहा होला तर केहि खेलाडी अहिले नै चर्चामा छन् । क्रिकेट समिक्षक आयाज मेननलाइ उधृत गर्दै बिबिसीले लेखेको छ - अस्ट्रेलियाका मिचेल स्टार्कले आफुलाई आईपीएलको लागि उपलब्ध गराएको घोषणा गरेका छन् त्यसैले सबैको चासो उनि प्रति छ ।
उनका अनुसार पैट कमिंस संसारका सबैभन्दा उत्कृष्ट ब्याट्समेन हुन् । इंग्लैंडका इयोन मोर्गन यस्ता खेलाडी हुन् जसको लागि महँगो तिर्न टिमहरु तयार हुनसक्छन् । वेस्ट इंडीज़का शिमरोन हैटमायर अचानक चर्चामा आइरहेका छन् भारत बिरुद्धको एकदिवसीय पारीले सबैको ध्यान उनीमाथि केन्द्रित गराएको छ । भारतीय खेलाडी मध्ये रोबिन उथप्पा र यशस्वी जायसवालले राम्रो मुल्या पाउने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस