काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४५औँ औँ दीक्षान्त समारोह बिहीबार सम्पन्न भएको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा भएको ४५औँ दीक्षान्त समारोहमा १०,१८३ जना विद्यार्थीहरू दीक्षित भएका छन् ।
विश्वविद्यालयमा पाँचवटा अध्ययन संस्थान तथा चारवटा सङ्कायअन्तर्गतका ६२ आङगिक र १०६१ सम्बन्धन प्राप्त क्याम्पसहरूबाट स्नातक, स्नातकोत्तर, एम.फिल र पिएच डी, उत्तीर्ण गरी २०७५ साल आषाढ १ देखि २०७६ साल जेष्ठ ३१ सम्ममा ट्रान्सक्रिप्ट लिई ग्रेसलिस्टमा समावेश भएका कुल ७०,०७७ विद्यार्थीहरू मध्ये १०,१८३ जना विद्यार्थीहरू दीक्षान्त समारोहमा सहभागी भएका हुन्।
दीक्षित हुनेमा व्यवस्थापन संकायबाट २२ हजार ७९८, शिक्षाशास्त्र संकायबाट २० हजार ६, मानविकी तथा सामाजिक संकायबाट १३ हजार ६९५, कानुन संकायबाट १ हजार ६६६, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ६ हजार ४५२, इन्जिनियिरिङ अध्ययन संस्थानबाट ए हजार ७१९, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट ५०५, वन विज्ञान अध्ययन संस्थानबाट २६४ विद्यार्थी छन् ।
पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा भएको समारोहमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई विभिन्न विधाका ३१ वटा पदक र पुरस्कारसमेत प्रदान गरिएको थियो।
समारोहमा मित्र राष्ट्र बंगलादेशको प्राचिन विश्वविद्यालयका उपकुलपति प्रा.डा. मोहम्मद अख्तरुज्मानलाई प्रमुख अतिथिको रुपमा निम्ताइएको थिए ।
प्रतिक्रिया दिनुहोस