काठमाडौं । निर्माण कार्य शुरु भएको १३ वर्षपछि ओखलढुंगाको खिजिचण्डेश्वरी हवाई मैदान निर्माण कार्य पूरा भएको छ । जिल्लाको खिजिदेम्बा गाउँपालिकामा पर्ने उक्त हवाई मैदान निर्माणका लागि तत्कालीन ओखलढुंगा जिल्ला विकास समितिले २०६३ सालमा बजेट विनियोजन गरी कामको सुरुवात गरेको थियो ।
अर्थिक वर्ष २०७३र७४ बाट भने नेपाल सरकारको बजेटमा नै समावेश गरी हवाई मैदान निर्माण कार्यलाई गति दिइएको थियो । निर्माण कार्य सम्पन्न भएसँगै हवाई मैदानमा परीक्षण उडानका लागि अनुगमन समेत भएको छ । संघीय प्रतिनिधि सभाका सदस्य यज्ञराज सुनुवारको नेतृत्वमा मंगलबार नागरिक उड्डयन प्राधिकरणको टिमले अनुगमन समेत गरेको छ ।
लामो समयको अथक प्रयासपश्चात् निर्माण कार्य सम्पन्न भएको र चाँडै खिजिचण्डेश्वरीमा हवाई उडान हुने विश्वास रहेको गाउँपालिकाका अध्यक्ष बेदवहादुर रोकाले बताए ।
प्रतिक्रिया दिनुहोस