aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

जग्गा दलालको चंगुलमा ढुंगेल यसरी फसे, विदेशमा कमाएको लाखौ पैसा स्वाहा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ पुस २०७६
जग्गा दलालको चंगुलमा ढुंगेल यसरी फसे, विदेशमा कमाएको लाखौ पैसा स्वाहा

काठमाडौं । सूर्यविनायक नगरपालिका वडा नं. ५, कटुन्जे भक्तपुर निवासी यदुनाथ ढुंगेलले आफू जग्गा दलालीको फन्दामा परेर ठगिएको गुनासो गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले यसबारेमा जानकारी गराएका हुन् । ढुंगलले आफूले जापानबाट कमाएर ल्याएको पैसा जग्गा दलाली साथीहरुको लहैलहैमा लागेर गुमाउन पुगेको बताएका हुन् । 

ढुंगेलले लामो समयसम्म रोजगारीको सिलसिलामा जापानमा थिए । जापानमा दुःख गरेर ढुंगेलले पैसा कमाएको थाहा पाएपछि आफ्ना साथीहरु राजु वन, रामेश्वरप्रसाद ढुंगेल र यादवप्रसाद तिमल्सिना पछि लागेको उनले विगत सुनाए । 

ती साथीले जग्गामा लगानी गर्दा तुरुन्तै फाइदा हुने आश्वासन दिएपछि आफूपनि जग्गामा लगानी गर्न ईच्छुक भएको उनले घट्नाक्रम सुनाए । उनका अनुसार ती ठगहरुले २०६७ सालमा ७६ आना जग्गा किन्ने प्रस्ताव ल्याएका थिए ।

उनले यसरी घट्नालाई सुनाए,‘त्यसमा यदुनाथ पनि सहमत भए । प्रति आना २ लाख ३६ हजार ८ सय ४२ रुपैया एघार पैसाका दरले ७६ आनाको १ करोड ८० लाख मूल्य एकमुष्ट तोकिएको थियो । त्यसलाई चार जनालाई भाग लगाउँदा जनही ४५ लाख पर्न आउने भएपछि मेरो भागमा ४५ लाख परेको थियो । मैले पनि सोहीअनुसार रकम बुझाएँ ।’

उनले आवश्यक (४५ लाख) पैसा बुझाउँदा पनि आफ्नो नाममा जग्गा भने ती दलालीहरुले पास नगराएर आफनै नाममा जग्गा पास गरेको पनि सुनाए । ‘हामीमध्ये यदुनाथले आफू ठगिएको भनेर आवाज उठाउन थालेपछि २०६८ साल पुस २२ गते कि.नं. १०८५ बाट ५ आना जग्गा यदुनाथ ढुंगेललाई पास गरियो । त्यतिबेला उनीहरुले बाँकी जग्गा पछि दिने अहिले छुट्टै टुक्रा भएकाले यो पास गरिाल्नुस् भनेर यदुनाथलाई भनेका थिए ।

 एक वर्षसम्म थप जग्गा नपाएपछि उनले ७६ आना जग्गामा मलाई किन ५ आना मात्रै दिइयो भन्दा पहिला साना–साना टुक्रामा भएको जग्गा अहिले प्लटिङ गर्दा बाटो छुट्ट्याउँदा घट्यो भनेर आलटाल गर्न थालेपछि आपूm गठिएको भन्दै भक्तपुर जिल्ला अदालत पुगे ।’

आफू दिनदाहाडै ठगिएको पर्याप्त कागजी प्रमाणपत्र लिएर जिल्ला अदालत भक्तपुर पुग्दापनि न्याय नपाएपछि आफू न्यायको खोजीमा सर्वोच्च अदालतसम्म पुगेको पनि उनले सुनाए । तर, सर्वोच्चबाट पनि न्याय नपाएकोले आफू पूनः पाटन पुनरावेदन पुगेको पनि उनले सुनाए । उनले भने,‘पाटन पुनरावेदनले पनि मलाई न्याय दिन सकेन । यसरी वर्षौसम्म अदालत धाउँदा पनि न्याय नपाएपछि म पत्रकार सम्मेलन गर्न वाध्य भएको हुँ ।’ 
 

प्रतिक्रिया दिनुहोस