
एजेन्सी । पाकिस्तानको इस्लामावादस्थित विशेष अदालतले पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको मृत्यु फाँसी दिनुअघि भए तीन दिनसम्म शव झुण्ड्याउन आदेश दिएको छ ।
अदालतले मृत्युदण्ड सुनाएको दुई दिनपछि बिहिबार फेरि मुसर्रफको मृत्यु फाँसी दिनुअघि नै भए उनको शवलाई इस्लामावादसम्म तानेर तीन दिनसम्म झुण्ड्याउन आदेश दिएको छ ।
'यदि उनी मरेको भेटिए, उनको शवलाई तानेर इस्लामावादको डि-चोकमा लगेर तीनदिन सम्म झुण्ड्याउनू' अदालतले आदेशमा भनेको छ ।
विशेष अदालतले गत मंगलबार मुसर्रफलाई सन् २००७ मा देशमा संकटकाल लगाएर देशद्रोह गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको थियो ।
जेल परेका मुसर्रफ पछिल्लो समय उपचारका लागि संयुक्त अरब इमिरेट्समा छन्। मुसर्रफलाई दुई पटक पाकिस्तानी संविधानको उल्लंघन गरेको आरोप लागेको थियो ।
पूर्वप्रधानमन्त्री नवाज सरिफले मुसर्रफमाथि लागेको आरोपको सुनुवाइ गर्न विशेष अदालत गठन गरेका थिए ।
सन् २०१३ मा मुसर्रफविरूद्ध देशद्रोहको मुद्दा दर्ता भएको थियो ।
प्रतिक्रिया दिनुहोस