aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ पुस २०७६
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । झापामा बसको ठक्करबाट शुक्रबार बिहान एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका-२ बस्ने ५६ वर्षीय होमनाथ ढुंगेल रहेका छन् ।

वीरगञ्जबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना.४ ख ६११६ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका ढुंगेलको बीएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस