aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सभामुख चयन हुने भयो पुस ११ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ पुस २०७६
सभामुख चयन हुने भयो पुस ११ गते

काठमाडौं । बलात्कारको आरोप लागेपछि महराले राजीनामा दिएसँगै प्रतिनिधि सभाको सभामुख पद रिक्त भएको पदमा प्रतिनिधि सभाले नयाँ सभामुख चयन गर्ने भएकाे छ ।

आगामी पुस ११ गते सभामुखको निर्वाचन हुने भएको छ । शुक्रबार सुरु हुने संसदको हिउँदे अधिवेसनको पहिलो दिन शुक्रबार (आज) बस्ने र एक साता स्थगित गरिने भएको छ ।

पहिलो दिन शुक्रबार राष्ट्रपतिले पठाएको संसद आव्हान सम्वन्धि पत्र सुनाइने छ । शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिमा भएको छलफलमा पुस ११ दिनको १ बजे अर्को बैठक बस्ने र सोही दिन सभामुख चयन प्रकृया सुरु गर्ने गरी सहमति भएको संसद सचिवालयले जनाएको छ ।

पुस ११ गतेसम्म नेकपाले सभामुखको उम्मेद्वारका लागि सहमति खोज्ने छ । यसअघि प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुबीच संसद अधिवेसन र सभामुख चयन प्रकृयाबारे छलफल भएको थियो ।


 

प्रतिक्रिया दिनुहोस