aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

ओलीको बोलीले संसदमा हंगामा, अपशब्द प्रयोग भएको आरोपप्रत्यारोप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ बैशाख २०७६


काठमाडौं, वैशाख २४ ।  विपक्षीलाई शब्द वाण हान्न सिपालु प्रधानमन्त्री ओली नीति तथा कार्यक्रममाथि विपक्षीले उठाएका प्रश्नलाई आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्ति भन्दै त्यस्ता प्रश्नको वास्ता नगर्ने गरी प्रश्नको जवाफ दिन्छु भनेपछि आज संसदमा कांग्रेस सांसदहरुले हंगामा मच्चाएका छन् ।  
प्रधानमन्त्रीको कटाक्षप्रति कांग्रेस सांसदले नियमापत्ति गरेका थिए । त्यसपछि सभामुख कृष्णबहादुर महराले  ध्यानाकर्षण भएको बताए पनि प्रधानमन्त्री र कांग्रेस सांसदबीच सवाल जवाफ भइरह्यो । दुवै पक्षले संसदमा अपशब्द प्रयोग भएको भन्दै रेकर्ड खोलेर सुन्न चुनौती दिइरहे । विपक्षीले संसद अवरोध गरिरहे पनि प्रधानमन्त्रीले आफ्नो जवाफ दिइरहे ।

प्रतिक्रिया दिनुहोस