aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

घरको बारीमै अजिङ्गर फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ पुस २०७६
घरको बारीमै अजिङ्गर फेला

सप्तरी । सप्तरीको हनुमान नगर कंकालिन नगरपालिका–१ स्थित भारदहमा अजिङ्गर फेला परेको छ  । स्थानीय सुधीर झाको घरको बारीमा करिब नौ फिट लम्बाइ भएको अजिङ्गर फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ । करिब २५ किलो तौल भएको अजिङ्गर झाको घरको बारीमा देखेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए ।  

खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय भारदहबाट  खटिएको प्रहरी टोलीले अजिङ्गरलाई नियन्त्रणमा लिएको  प्रहरी नायब उपरीक्षक तिलक भारतीले  जानकारी दिनुभयो । फेला परेका अजिङ्गरलाई वन्यजन्तु आरक्षणको जिम्मा लगाउने  तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई महिना अगाडि पनि सप्तरी जिल्लाको खाँडो नदीको किनारमा अजिङ्गर फेला परेको थियो । 

प्रतिक्रिया दिनुहोस