
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोध र हो–हल्लाकाबीच सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।मंगलबार नीति तथा कार्यक्रममाथिको छलफलकाक्रममा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुले उठाएका प्रश्न र जिज्ञासालाई ‘आक्रोश, कुन्ठा र निम्छरो’ भनेपछि कांग्रेस सांसद मीन विश्वकर्माले उठेर नियमापत्ति गरेका थिए ।
त्यसपछि अरु कांग्रेस सांसदहरु पनि विरोधमा उठेका थिए । केहीबेर प्रधानमन्त्री ओली र प्रतिपक्षी सांसदहरुबीच जुहारी चलेको थियो ।
तर, प्रधानमन्त्री ओलीले प्रश्नको पनि सीमा र मर्यादा हुन्छ भन्दै रेकर्ड सुनाउन माग गरेका थिए । प्रधानमन्त्रीको जवाफपछि पनि कांग्रेस सांसदहरुको हो–हल्लाकाबीच नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको हो ।
प्रतिक्रिया दिनुहोस