aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कोरियामा ५६ हजार विदेशी श्रमिक माग

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • आइतबार, ०६ पुस २०७६
कोरियामा ५६ हजार विदेशी श्रमिक माग

काठमाडौं । कोरियाले रोजगार अनुमति प्रणाली अन्तर्गत सन् २०२० का लागि नेपाललगायत १६ वटा राष्ट्रबाट ५६ हजार विदेशी श्रमिक माग गर्ने निर्णय गरेको छ ।

कोरियाको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको विदेशी कामदार नीति समितिको बुधबारको २७ औं बैठकले विभिन्न ६ भन्दा बढी क्षेत्रका लागि आवश्यक पर्ने विदेशी कामदारको कोटा निर्धारण गरेको हो ।

कोरियाका साना तथा मझौला उद्योगमा विदेशी श्रमिकको मागमा कमी आइरहेका बेला सटेट काअर्डिनेसन अफिसका प्रमुख नो ह यङ उकले सो संख्यामा विदेशी कामदार माग गरिएको बताए ।

समितिले बुधबार दिउँसो निर्णय सार्वजनिक गर्दै विदेशी कामदारको मागमा आएको कमी मूल्यांकन गर्दै आगामी वर्षका लागि थप विदेशी कामदार माग गर्ने सो निर्णय गरेको कोरियाको श्रम मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस