aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

गाउँपालिका अध्यक्ष शाहीको अपहरण, श्रीमती र भाई अपहरणमुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ पुस २०७६
गाउँपालिका अध्यक्ष शाहीको अपहरण, श्रीमती र भाई अपहरणमुक्त

दैलेख । ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीलाई विप्लव समूहका कार्यकर्ताले घरबाटै अपहरण गरेका छन् ।

शिरपाटामा घरमै रहेका उनलाई गएराति करीव १५ जनाको समूहमा हतियारसहित आएकाहरुले अपहरण गरेका हुन् ।

उनीसँगै अपहरणमा परेकी अध्यक्ष शाहीकी श्रीमती ईला शाही र भाइ हस्तबहादुर शाहीलाई भने बिहान छाडिएको छ ।

राजनीतिक मुद्धा भएकाले शाहीलाई अपहरण गरिएको र २, ३ दिनभित्र छाड्ने आश्वासन दिएको उनकी श्रीमती इलाले बताइन् ।

जिल्ला प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओलीले अध्यक्ष शाहीको अपहरणको सूचना पाउने वित्तिकै प्रहरी परिचालन गरिएको साथै प्रदेश र जिल्लावाट खोजी कार्यलाई तीव्र वनाउन आवश्यक तयारी भइसकेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस