
विदुर । नुवाकोटको विदुर नगरपालिका–६ स्थित नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिको मिनी ट्रक दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।
मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा २ क ७९१० नम्बरको मिनी ट्रकमा सवार सोही कम्पनीका कर्मचारी २ जनाको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजेश थापाले बताए ।
डिएसपी थापाका अनुसार मिनी ट्रकमा सवार नागार्जुन कन्स्ट्रक्सन कम्पनीका कर्मचारीहरु बाटोको काम गर्न चैनपुर जाँदै गर्दा दुर्घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस