aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

ठगी मुद्दाका कसुरदार पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ पुस २०७६
ठगी मुद्दाका कसुरदार पक्राउ

काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दाका कसुरदार धादिङ सेर्तुङ घर भएका काठमाडौँ तारकेश्वर नगरपालिका–६ बस्ने चलबहादुर घलेलाई आइबार पक्राउ गरिएको छ । 

उक्त मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको २०६९ पुस २४ गतेको फैसलाले एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार जरिवाना हुने ठहर भए पनि उनी फरार हुँदै आएका थिए । उनलाई खोजतलासका क्रममा आज काठमाडौँबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
 
विसं २०६८ जेठ १३ गते घलले वैदेशिक रोजगारको लागि अष्ट्रेलिया पठाइदिन्छु भनी प्रलोभनमा पारी पीडितमार्फत रु सात लाख लिई फरार भएका थिए । उनलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकोमा घलेलाई आजै कारागार कार्यालय सुन्धारा चलान गरिएको ब्यूरोले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस