aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अब बैदेशिक रोजगारीमा जान एजेन्ट खोज्नु नपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ पुस २०७६
अब बैदेशिक रोजगारीमा जान एजेन्ट खोज्नु नपर्ने

काठमाडौं। वैदेशिक रोजगारीमा जाने सोचमा हुनुहुन्छ ? हो भने वैदेशिक रोजगार विभागको वेबसाइट भिजिट गर्ने गर्नुस्, जहाँ तपाईंले आफूलाई उपयुक्त हुने कामको सम्पूर्ण सूचना भेट्न सक्नुहुन्छ। विभागले आफ्नो वेबसाइटमा यस्तो जानकारी राख्न थालिसकेको छ।

विभागले सुरु गरेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा देशभरका म्यानपावर कम्पनीले विदेशी रोजगारदाताबाट ल्याएको मागको विवरण राख्न थालिएको हो । वेबसाइटमा कुन मुलुक जानेदेखि पारिश्रमिक तथा आफूले खोजेको काम र त्यस कामको मागपत्र ल्याउने म्यानपावर कम्पनीको सम्पूर्ण विवरण राख्न थालिएको विभागले जनाएको छ।

विभागका महानिर्देशक भीष्मकुमार भुसालले उक्त वेबसाइटको 'वैदेशिक रोजगारीको खोजी' सेक्सनमा काम र पारिश्रमिकको सम्पूर्ण विवरण राखेको बताए। 'वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिले उक्त जानकारी हेरेर निर्णय गर्न सक्छन्,' भुसालले भने, 'म्यानपावरले ल्याएको काम, तलब-सुविधा लगायत सम्पूर्ण विवरण राखिएकाले त्यहाँबाट सही सूचना पाइन्छ।' 

हालसम्म वैदेशिक रोजगारीमा जाने व्यक्तिले म्यानपावरले विभिन्न अखबारमा प्रकाशित सूचनाको आधारमा निर्णय लिन्थे। दैनिक अखबार पढ्न नभ्याएकाले राम्रो कामको अवसर छुटाएका थुप्रै उदाहरण भएको विभागका कर्मचारी बताउँछन्। 'अब कुन म्यानपावरले कस्तो कामको मागपत्र ल्याएका छन् भनेर दैनिक अखबार खोजिरहनु पर्दैन,' विभागका निर्देशक भोला गुरागाईले भने, 'आफ्नो मोबाइल सेटबाटै वेबसाइट खोलेर अवसरको खोजी गरे पुग्छ।' 

अब कुन म्यारपानले कस्तो कामको मागपत्र ल्याएका छन् भनेर दैनिक अखबार खोजिरहनु पर्दैन,' विभागका निर्देशक भोला गुरागाईले भने, 'आफ्नो मोबाइल सेटचाटे वेबसाइट खोलोर अवसरको खोजी गरे पुछ। सूचना प्रणालीपछि म्यानपावरले गलत सूचना प्रकाशन गरेर भुक्याउने सम्भावना कम हुने ठानिएको छ ।

विभागको वेबसाइटमा गन्तव्य मुलुकमा रहेका नेपाली राजदूतावासले प्रमाणित गरेको माग विवरण मात्र प्रकाशन हुन्छ तसर्थ म्यानपावरले कामको प्रकृति, तलब-सुविधा जस्ता विषय आफूखुसी तोडमोड गरेर सूचना प्रकाशित गर्न पाउँदैनन्,' विभागका अधिकारी बताउँछन्।

विगतमा रोजगारदाताले श्रमिकलाई दिने एउटा रम्यानपावरले प्रकाशन गर्ने सूचनामा उल्लेखित पारिश्रमिक अर्क हैदा कैयौं ठगिएका उदाहरण छन् । वेबसाइटबाटै अवसर खोज्ने व्यवस्थाले एजेन्टको भर पर्नुपर्ने र उनीहरूको चलखेल अन्त्य हुने अपेक्षा छ। एजेन्टहरूले गाउँगाउँ पुगेर विदेश जान इच्छुक खोजी म्यानपावरको कार्यालयमा पुयाएर ठुलो रकम असुल्छन् ।

अवदेखि सामान्य रूपमा अनलाइन चलाउन जान्ने जो कोहीले वैदेशिक रोजगारीमा जाने इच्छा भए अवसर खोज्न एजेन्टको भर पर्नु पर्दैन । विभागले सरु गरेको सेवा उपयोग गर्ने व्यक्ति एजेन्टबाट ठगिने र विदेश पुगेपछि यहाँ बताइएभन्दा फरक काम गर्नुपर्ने बाध्यताबाट मुक्त हुनेछन' विभागका महानिर्देशक भुसालले भने । वेबसाइटमा श्रम स्वीकृति लिएर नेपाली जान पाउने एक सब १० गन्तव्य मुलुकको नाम र ती मुलुकबाट आउने मागपत्रको विवरण राख्ने व्यवस्था मिलाइएको छ।

विगतमा जस्तो काम खोजिदेऊ भन्दै म्यानपावर कम्पनी र एजेन्टकहाँ धाउनु पर्दैन, निर्देशक गुरागाईले भने, सूचनाको आधिकारिकतामा पनि विवाद हुने भएन । विभागको जेजसाइटमा राखिएको सूचना अनुसार अभिकले काम र पारिश्रमिक नपाएको खण्डमा कारबाही गर्न पनि सजिलो हुने कर्मचारी बताउँछन् । विभागले सञ्चालनमा ल्याएको सूचना व्यवस्थापन प्रणालीमा सबै आठ सय ५३ म्यानपावर कम्पनी जोडिएका छन्। ती म्यानपावरले ल्याएको माग अनिवार्य रूपमा वेबसाइटमा राख्नुपर्छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस