aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कुखुराको खोरमा हतियारको डङ्गुर !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ पुस २०७६
कुखुराको खोरमा हतियारको डङ्गुर !

सुनसरी। बराहक्षेत्र-५, एकता टोलस्थित खेम प्रधानको कुखुरा फार्मको जगमुनि लुकाएर राखेको अवस्थामा आइतबार प्रहरीले हतियार र विस्फोटक सामग्री बरामद गरेको छ।

एसएमजी (सर्ट मेसिन गन), त्यसमा प्रयोग हुने गोली र एक बोरा विस्फोटक पदार्थ बरामद भएको हो । धरान उपमहानगरसँग सिमाना जोडिएको बराहक्षेत्र-५ साविक भरौल गाविसमा पर्छ। गोप्य सूचनाका आधारमा प्रधानको फार्ममा खानतलासी गर्दा एसएमजी र त्यसमा प्रयोग हुने ९ हजार ९ सय ८२ वटा गोली फेला परेको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) यज्ञविनोद पोखरेलले बताए। 

घटनास्थल पुगेका उनले भने, 'ती हतियार र गोली पहिले नै गाडेर राखिएको जस्तो देखिएको छ । हामी थप अनुसन्धान गर्दै छौं।' कुखुरा फार्म सञ्चालक प्रधान द्वन्द्वकालमा माओवादीका सक्रिय कार्यकर्ता थिए । प्रहरीले ती हतियार कसले र कहिले लुकाएको भन्ने प्रस्ट भइनसके पनि माओवादी समायोजनको समयमा तत्कालीन माओवादीले लुकाएको हुन सक्ने अनुमान गरेको छ। यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस