
काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गामा चेकजाँचको क्रममा करिव ८० लाख बराबरको बहुमुल्य वनस्पति यार्सागुम्बासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचना तथा लामो समयदेखिको निरन्तर निगरानीको आधारमा ४.२४५ के.जी. यार्सागुम्बासहित ३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले भारतीय UK 04 TB 1967 नम्बरको मारूती कारबाट सो यार्सागुम्बासहित ३ जनालाई पक्राउ गरिएको बताए ।
पक्राउ पर्नेमा एक नेपाली र दुई भारतीय नागरिक, दार्चुला जिल्ला दुहम गा.पा. ५ बस्ने ४८ वर्षीय गर्जे सिँह महरा तथा भारत उतराखण्ड, जिल्ला चमौलि, पोष्टअफिस लत्ता, ग्राम लत्ता बस्ने ३२ वर्षीय प्रेम सिंह र भारतकै उतराखण्ड, जिल्ला चमौलि, पोष्ट अफिस उर्गम, ग्राम सल्ना बस्ने वर्ष ३२ वर्षीय हरिश सिंह रहेका छन् ।
सवारी साधनको भित्री पार्टपुर्जा मेकानिक्सद्वारा खोली चेकजाँच गर्ने क्रममा उक्त परिमाणको यार्सागुम्बा चालकको सिट पछाडिका सिटहरूको दुबै साईडमा रहेको बोतल स्ट्याण्डमा लुकाइएको अवस्थामा भेटिएको हो । कागज तथा प्लाष्टिकले बेरेर २३ वटा पोकामा लुकाएको अबस्थामा प्रहरीले भेट्टाएको थियो ।
पक्राउ परेकालाई अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार, काठमाडौँमा पठाईएको छ ।
प्रतिक्रिया दिनुहोस