aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पत्रकार जमाल खाशोग्गी हत्यामा संलग्न पाँच जनालाई मुत्युदण्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ पुस २०७६
पत्रकार जमाल खाशोग्गी हत्यामा संलग्न पाँच जनालाई मुत्युदण्ड

काठमाडौं । पत्रकारको सुरक्षा चुनौती विश्वभर बढिरहेका बेला साउदी अरबको एक अदालतले पत्रकार जमाल खाशोग्गीको हत्यामा संलग्न भएको ठहर गर्दै पाँच जनालाई मुत्युदण्डको सजाय सुनाएको छ ।

हत्या गरिएका पत्रकार जमाल खसोग्गीको हत्यामा संलग्न भएको ठहरमा अदालतले पाँच जनालाई मृत्युदण्डको फैसला गरेको हो । यद्यपि यस्तो सजाय पाउने को को हुन् भन्ने खुलेको छैन । पत्रकार खस्सोगी साउदी सरकारका कडा आलोचक थिए । उनको हत्या साउदीकै राजपरिवारबाट भएको आरोप लाग्दै आएको थियो ।

पत्रकार खस्सोगीको सन् २०१८ अक्टोबर २ मा टर्कीको राजधानी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो ।
साउदी अरेबियाले सुरुमा त्यो घटनामा संलग्नता अस्वीकार गरेपनि ठूलो अन्तर्राष्ट्रिय दबाबपछि त्यसलाई स्वीकार गरेको थियो।  तीन जनालाई सबै जोडेर २४ वर्षको जेल सजाय सुनाइएको छ ।

साउदी सरकारका आलोचक पत्रकार खाशोज्जीको २ अक्टोबर २०१८ मा टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूताबासमा हत्या भएको थियो । सुरुमा साउदी अरबले खाशोज्जीको हत्या भएको नै स्वीकार गरेको थिएन ।

तर अन्तर्राष्ट्रिय दबावसँगै खाशोज्जीको हत्या भएको स्वीकार गरेको साउदी अरबले क्राउन प्रिन्स मोहम्मद बिन सलमानको संलग्नता अस्वीकार गर्‍यो । सेप्टेम्बरमा सलमानले सार्वजनिक रुपमा खोशोज्जीको हत्या गरेको जिम्मेवारी लिए ।

यसअघि अमेरिकी खुफिया एजेन्सी सीआईए र पश्चिमा देशका सरकारले साउदीका क्राउन प्रिन्सले खाशोज्जीको हत्याको आदेश दिएको दाबी गरेका थिए ।

सरकारी अभियोजकका अनुसार क्राउन प्रिन्सका सल्लाहकार सउद अल खतानीसँग सोधपुछ गरिएको थियो, तर उनीमाथि कुनै आरोप लगाइएको छैन ।

यो घटनामा टर्कीले १८ संदिग्धलाई बुझाउन माग गरेको थियो, जसमा १५ एजेन्ट थिए र उनीहरु हत्याको योजना सफल बनाउन इस्तानबुल पुगेको टर्कीको दाबी थियो । तर साउदीले टर्कीको माग अस्वीकार गर्‍यो । तर गत जनवरीमा खाशोज्जीको हत्याको मुद्दामा ११ अभियुक्तबारे रियादमा सुनुवाई सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस