
काठमाडौं । नेपालमा मासिक १८ करोड रुपैयाँको च्याउ आयात हुने गरेको छ । विश्वमा ७ सय २० प्रकारका च्याउ मध्ये ६५ प्रकारका च्याउ खान योग्य रहेका छन, त्यसमध्ये नेपालमा गोब्रे च्याउ मात्र १८ करोड रुपैयाँको आयात हुने गरेको च्याउ उत्पादन संघका अध्यक्ष प्रेम नारायण अधिकारीले बताए ।
‘राष्ट्रिय च्याउ जागरण अभियान–२०७६’ का सन्दर्भमा पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले भने ‘च्याउ खेती शहर केन्द्रित मात्र भएको छ । गाउँतिर च्याउ खानुको फाइदा नबुझेको र यो अहिले होटलतिर मात्र बढी मात्रामा प्रयोग भएको छ । नेपालको समग्र च्याउ उद्यमको अवस्था र समस्याहरुको बारेमा अध्ययन गर्न पुस ९ गते (बुधबार) देखि एक महिने मेची–महाकाली अभियान थालेका हौ ।’ सो अभियान झापाको काकडभित्ता देखि सुरु गरि ललितपुरको खुमलटारमा समापन गरिने भएको छ ।
यसैमा थप्दै अधिकारीका अनुसार किसान नयाँ प्रविधि पूरानै प्रयोग भइरहेको छ । त्यसैले यो खेतीलाई बढवा दिन नसकिएको अनुमान छ । उनले भने ‘हामीले उपभोक्ताको माग अनुसार जम्मा २५ प्रतिशत मात्र पूर्ति गर्न सकेका छौ । बाकी कसरी पूर्ति गर्न सकिन्छ भन्नको लागि पनि यो अभियान थालेको हौ ।’ हाल काठमाडौंमा मात्र २० हजार किलो ग्राम कन्ये च्याउ दैनिक खपत हुने गरेको छ । च्याउबाट नै ३५ हजारले प्रत्यक्ष रुपमा रोजगार पाएका छन् ।
नेपालमा विभिन्न जातका च्याउ उत्पादन हुने गरेका छन् । कन्ये, गोब्रे, सिताके, मिल्की, ग्यानोडर्मा छन । तिनीहरुको बार्षिक ५१ लाख ३८ हजार प्याकेट च्याउको बीउ उत्पादन गर्दै आएको छ । जसको मुल्य १६ करोड ३४ लाख रुपैयाँ रहेको छ । त्यस्तै बार्षिक च्याउ उत्पादन लगभग १ करोडको किलोग्राम उत्पादन रहेको छ । जसको मुल्य एक अर्व ३४ करोड ८० लाख रहेको छ ।
अहिले च्याउ उत्पादन किसानले विभिन्न समस्या भोग्दै आएका छन् । जसमा कच्चा पदार्थको अभाव, गुणस्तरिय बिउको अभाव, पूजीगत समस्या, बीमाको समस्या, श्रमिकको सम्स्या रहका छन ।
त्यस्तै क्वारेण्टाइनको समस्या, जग्गाको समस्या, बजारको व्यवस्थापन नहुनु, भण्डारण गृह र कलेक्सन सेण्टरको समस्या र सरकारी गलत रबैयाका कारण च्याउ खेतीमा समस्या देखिएको अध्यक्षले बताए । व्यवसायिक रुपमा च्याउ खेती शुरु भएको करिब ४ दशकको अवधि सम्म च्याउको मुल्य नबढेको प्रति व्यवसायीहरुले आपत्ति जनाएका छन् । सरकारले च्याउ व्यावसायिको लागि कुनै राष्ट्रिय नीति र केन्द्र समेत निमार्ण नगरेको व्यवसायीको गुनासो छ ।
भन्सार विभागको तथ्याकं अनुसार लगभग १८ लाख रुपैयाँको च्याउ नेपाल आयात हुने गरेको छ । चिन, भारत, थाइल्याण्डबाट च्याउ आयात हुने गरेको तथ्याकंले देखाएको छ । चालु बर्षको ४ महिनामा मात्र लगभग ९२ लाख रुपैयाँको च्याउ आयत भएको छ ।
प्रतिक्रिया दिनुहोस