aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

गुर्जुधारामा छोरालाई स्कुल पुर्याउन जाँदा गाडीको ठक्करबाट बुवाको मृत्यु, छोरा घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ पुस २०७६
गुर्जुधारामा छोरालाई स्कुल पुर्याउन जाँदा गाडीको ठक्करबाट बुवाको मृत्यु, छोरा घाइते

काठमाडौं । छोरालाई मोटरसाइकलमा स्कुल पर्याउन जाँदा चन्द्रागिरी नगरपालिका–१२ स्थित गुर्जुधारामा गाडीको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मंगलबार बिहान गाडीको ठक्करबाट पर्वत ठुलेपोखरी गाउँपालिका–४ स्थायी घर भई चन्द्रागिरी नगरपालिका–७ थानकोट चेकपोस्ट बस्दै आएका अर्जुन कुमार केसीको मृत्यु भएको हो । प्रदेश ३–०२००९ प ७६२१ को साइन मोटसाइकलमा छोरालाई स्कुल पुर्याउँन गएका बेला गाडीले ठक्कर दिएको महानगरी प्रहरी वृत थानकोटका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

मोटरसाइकलमा सवार मृतकका छोरा घाइते भएका छन् । उनको ओम समाज हस्पिटलमा उपचार भइरहेको छ । उनलाई ठक्कर दिने गाडी र चालक फरार भएकाले कुनै जानकारी नभएको र सडकको सिसिटिभी फुटेज चेकजाँच भइरहेको डीएसपी श्रेष्ठले बताए ।

हिजो (साेमबार)मात्रै काठमाडौँको सुकेधारामा बसको ठक्करबाट गोरखा घर भइ धुम्बाराही बस्दै आएकी सृष्टि पन्तको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस