aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

समाजवादी पार्टी सरकारबाट बाहिरियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ पुस २०७६
समाजवादी पार्टी सरकारबाट बाहिरियो

काठमाडौं ।  सरकार साझेदार दल समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ । उक्त पार्टीको निर्णयसँगै उपप्रधानमन्त्री एवं कानुनमन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहम्द इतिस्याक राई सरकारबाट बाहिरिएका छन् ।  संविधान संशोधनसम्बन्धी प्रस्ताव सोमबारको मन्त्रिपरिषद् बैठकमा लैजाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेपछि समाजवादी पार्टीबाट बाहिरिने निर्णयमा पुगेको हो ।

समाजवादी पार्टीको मंगलबार बसेको शीर्ष नेताहरुको बैठकले सरकार छाड्ने निर्णय गरेपछि यादवले राजिनामा दिएका छन् । यसअघि मन्त्रिमण्डल पुनर्गठन गर्दा प्रधानमन्त्री ओलीले यादवसँग सामान्य सोधपुछ पनि नगरी उनले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी खोसेर कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा जिम्मेवारी दिएका थिए । 

संविधान संशोधन गर्ने सहमति प्रधानमन्त्रीले गरेकाले यादव नेतृत्वको समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो । समाजवादी पार्टीको तर्फबाट सरकारमा दुई जना मन्त्री छन् । यादवका अतिरिक्त मोहम्मद इस्तियाक राई शहरी विकास मन्त्रालयको जिम्मेवारीमा छन् ।

यादवले मन्त्रिमण्डलमा पेश गर्न खोजेको प्रस्तावमा भने संविधान संशोधनका लागि सुझाव दिन विज्ञहरूको समूह गठन गरिने उल्लेख थियो ।

यस्तो छ यादवले पेश गरेको संविधान संशोधनको प्रस्तावः

प्रतिक्रिया दिनुहोस