
एजेन्सी । एसियाका धनाढ्यहरु मध्ये मुकेश अम्बानीको सन् २०१९ मा सबैभन्दा बढी नेटवर्थ भएको छ । उनको सम्पत्तिमा एक लाख करोड भारतीय रुपयाँ भएको भारतिया संचार माध्यमले जनाएका छन् । अलिबाबाका मालिक ज्याक माको सम्पत्तिमा भने ८० हजार करोड भारुको मात्र छ ।
त्यसो तवर्ष मात्र नै अम्बानीले ज्याक मालाई पछि पार्दै एसियाका सर्वाधिक धनि बनेका थिए । रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी को कुल सम्पत्तिमा १ जनवरीदेखि २३ डिसेम्बरसम्म १६.५ अर्व डलर थप भएको छ । रिलायन्स इन्डष्ट्रिजको शेयरमा यो वर्ष ४० प्रतिशतले वृद्धि भएको छ जसबाट उनलाई सर्वाधिक नाफा प्राप्त भएको हो ।
अम्बानीसंग रिलायन्स इन्डष्ट्रिजको ४७ प्रतिशत भन्दा बढी शेयर छ । ब्लूमबर्ग बिलेनियर इंडेक्सका अनुसार अम्बानीको मौजूदा नेटवर्थ ६०.८ अर्व डलर छ । चीनको सबैभन्दा ठुलो ई-कमर्स कम्पनी अलीबाबाका संस्थापक ज्याक माको नेटवर्थ यो वर्ष ११.३ अर्व डलर बढेर मौजूदा नेटवर्थ ४७ अर्व डलर पुगेको छ ।
रिलायन्सले बिगत केहि वर्ष देखि रिफाइनिंग र पेट्रोकेमिकलको व्यापार बाहेक रिटेल र टेलीकम सेक्टरमा पनि व्यापार बिस्तार गरेको छ । टेलीकम ब्यापारमा अम्बानीले अहिलेसम्म ५० अर्व डलर लगानी गरिसकेका छन् । उनको जियो ३ वर्षमा भारतको सबैभन्दा ठुलो टेलिकम कम्पनी बनेको छ । रिलायन्सले इ-कमर्सको क्षेत्रमा पनि हात हाल्ने तयारी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस