aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सहकारीमाथि शुरु भयो सम्पत्ति शुद्दिकरणको कडा डण्डा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ पुस २०७६
सहकारीमाथि शुरु भयो सम्पत्ति शुद्दिकरणको कडा डण्डा

काठमाडौं । सहकारी विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी लापरबाही गरेका सहकारीहरूलाई कारबाही थालेको छ । सहकारी संस्थालाई जारी
गरिएको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशिका कार्यान्वयन नगरेको भन्दै विभागले कारबाही थालेको हो।

विभागले पिसफुल सहकारी संस्थालाई जरिवानासहित कारबाही गरेको छ । सहकारीका अध्यक्ष सनम दुवाललाई दुई लाख रुपियाँ जरिवाना र व्यवस्थापकलाई एक लाख रुपियाँ जरिवाना गरी संस्थालाई सुधारका लागि चेतावनी दिइएको विभागले जनाएको छ । सहकारी ऐनअनुसार कारबाही गरिएको विभागका रजिष्टार डा. टोकराज पाण्डेले जानकारी दिनुभयो।

विभागले विभागले पशुपति सेभिङ एन्ड क्रेडिटलाई क्रेडिटलाई पनि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशिका कार्यान्वयन नगरेको भन्दै कारबाही गरेको छ । अन्य सयौँ सहकारीको छानबिन भइरहेको विभागले जनाएको छ।

सहकारी ऐन २०७४, विनियमावली २०७५र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशिका कार्यान्वयनमा विभागले अनुगमन गरिरहेको र कारबाही
प्रक्रिया अघि बढाएको पाण्डेको भनाइ छ। सहकारीमा जोखिम नबढोस् र उनीहरूको स्थायित्व तथा विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले विभागले स्थिरीकण कोष सञ्चालनमा ल्याएको छ । हाल विभागले दोहोरो सदस्यता हटाउने, स्थिरीकरण कोष सञ्चालन गर्ने, सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशिका कडाइका साथ कार्यान्वयन गरिरहेको छ । 

नेपालमा ३४ हजार आठ सय सहकारी संस्था छन् । नेपालको जीडीपीको पाँच प्रतिशत हिस्सा सहकारीले ओगटेको विभागको दाबी छ।यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस